तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशले सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

दाङ। लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ ।आज तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।

साथै लुम्बिनी प्रदेश सरकारले गृह मन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णय समेत गरेको छ । प्रदेश सरकारले यस अघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button