तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प : थप राहत तथा सहयोगबारे निर्णय गर्न भोलि बिहान मन्त्रीपरिषद् बैठक बस्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत र उपचारबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

बैठक भोलि बिहान ८ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

आज बेलुकासम्म भूकम्प प्रभावित क्षेत्रको सूचना सङ्कलन गर्ने र सोही आधारमा बैठकले आवश्यक निर्णय गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भूकम्प लगत्तै आज बिहान भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे जानकारी लिनुका साथै उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button