तपाईँ सुन्दै हुनुहुन्छः

भुकम्प: करिब ५० को मृत्यु,नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन

काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएरआज राती ११ बजेर ४९मिनेटमा गएको ६.४ म्याग्निच्युडको भुकम्पबाट जाजरकोट र रुकुममा धेरै क्षती भएको छ ।

भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । जाजरकोटमा२२ र रुकुममा २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

भूकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह को मृत्यु भएको छ ।भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button