तपाईँ सुन्दै हुनुहुन्छः

दाङका चार पालिकाका द्वारा प्लास्टिकका माला बिक्रीमा रोक, स्थानीय उत्पादित फुल बिक्रीमा सहजिकरण

दाङ I दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । 

तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् ।

तिहार नजिकिँदै गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गर्दै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। 

दाङका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिका र  राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल विज्ञप्ति समेत जारी गरेका छन् । 

प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि  सार्वजनिक  गर्दै स्थानीय र सरकारको भूमिका निर्वाह  गरेको पुष्प खेती किसानहरूले खुसी व्यक्त गरेका छन् ।

यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् भने केही थान कृति मालाहरू स्थानिय सरकारले अनुगमनका क्रममा आफ्नो नियन्त्रणमा लिइरहेको गढवा गाउँपालिका उपाध्यक्ष सारद चौधरिले बताउनु भयो । 

उपाध्यक्ष चौधरिले भन्नू भयो हामीले  पुष्प उत्पादन गर्ने किसानलाई सहयोग सँगै उत्पादित पुष्पकाे अनुगमन, बिक्रीको लागि बजारीकरणको सहयोग गरिरहेका छाै यसले किसानमा खुसी पाएका छाै । 

उता प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर – २ का गणेश भण्डारीले बताउनुभयो । 

दाङमा यस वर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button