तपाईँ सुन्दै हुनुहुन्छः

मुआब्जा नपाएपछि जग्गादाताले गरे पुल अवरुद्ध 

जुम्ला । मुआब्जा नपाएको भन्दै जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ–मनाङ–मुस्ताङ जोड्ने पक्की पुल तथा सडक सञ्चालनमा स्थानीले अवरोध गरेका छन् । चन्दननाथ नगरपालिका ६ स्थित पक्की पुल सञ्चालनमा जग्गा धनीले मुआब्जा नपाएको भन्दै अवरुद्ध गरेका हुन् । पुल साइटमा खनेपछि उक्त सडक भएर बोहोरागाउँ, बारकोटेबाडा, छिनागाउँ लगायतका गाउँको आवतजावत रोकिएको छ ।

मङ्गलवार बिहानदेखि जग्गा धनीले पुल अवरुद्ध गरेपछि आवतजावतमा समस्या भएको छ । सडक डिभिजन जुम्लाले करिब ७ वर्ष पहिले पुल निर्माण गरेको थियो । पुल निर्माणको बोहोरा गाउँ तर्फको खण्डमा पछि क्षतिपूर्ति पाईने सहमतिमा स्थानीयले जग्गा दिएका थिए । पुल निर्माण भएको ७÷८ वर्ष बितिसक्दा पनि कुनै क्षतिपूर्ति नपाएपछि बाध्य भएर पुल अवरुद्ध गरेको जग्गा धनी चन्द्र देवकोटाले बताउनुभयो ।

पछि उचित क्षतिपूर्ति उपलब्ध गराउने सर्तमा सबै दलका प्रतिनिधि बसेर सहमति गरेपछि जग्गा उपलब्ध गराएका हौ । देवकोटाले भन्नुभयो,“पुल निर्माण भएको ७÷८ वर्ष बितिसक्दा समेत कुनै क्षतिपूर्ति पाईएन् । पहिला सहमति गराउने दलहरू अहिले वास्ता गर्दैनन् । पारिवारिक अवस्था कमजोर छ । अन्य उब्जनी गर्ने जग्गा छैन । त्यसैले मुआब्जाको माग राखेर पुल अवरुद्ध गरेका हौ ।”

खेताली धान रोप्ने खेत १५ सय वर्ग मिटर र पाखो ३ सय वर्ग मिटर जग्गा पुल निर्माणका लागि भनेर दिएपनि क्षतिपूर्ति नपाएको देवकोटाले गुनासो पोख्नुभयो । नदीमा मिसिएको जग्गा निकालीदिनु पर्ने र मासिएको जग्गाको क्षतिपूर्ति पाउनु पर्ने स्थानीयको माग छ ।

चन्दननाथ १० बोहोरागाउँ निवासी चन्द्र देवकोटा सँगै कुईरो सार्की र गोरीकला सार्कीले पुल निर्माण गर्दा जग्गा दिएका थिए । उनीहरू केहीको जग्गा पूर्ण मासिएको छ । भने केहीको जग्गामा माटो राखिएको थियो । यी तिरै परिवारले सोमबार बिहान पुलको साइटमा गहिरो खनेर अवरुद्ध गरेका हुन् । यश अघि पनि मुआब्जा विवादका कारण दुई पटक पुल अवरुद्ध गरेका थिए ।

पुल अवरुद्ध हुँदा चन्दननाथ नगरपालिका वडा नं.१० का बोहोरागाउँ,बारकोटेबाडा, पिपलगाउँ र वडा नं  का छिना मतगाउँको आवतजावत बन्द भएको छ । सवारी आवतजावत पूर्ण बन्द रहेको छ । पटक पटक भएको सहमति कार्यान्वयन नहुँदा नागरिकले सास्ती पाएको युवा नेता लोकेन्द्र राजगिरि बताउनुहुन्छ । यश पटकको  मुआब्जा विवादको दीर्घकालीन समाधान खोज्न सबै सरोकारवालाको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।

उक्त पुल निर्माणको ठेक्का डिएस पृथ्वी जेभीले पाएको थियो । उक्त पुल निर्माणको स्थानीय प्रतिनिधिका रुपमा चन्दननाथ ६ का वडाध्यक्ष रवि थापालाई तोकेको थियो ।  पुल निर्माण गर्दा जगादातासंग सबै दलका प्रतिनिधि बसेर सहमति गरेका थिए । तर के सहमति भएको मलाई थाहा भएन । वडाध्यक्ष थापाले भन्नुभयो,“प्रतिनिधि भएर काम गरेको हुँ । सहमतिमा के कसरी भएको थियो भन्ने बारे थाहा छैन । थुप्रै नेताहरू बसेर सहमति गरेको सुनेको हुँ । हामीले सहमति जुटेपछि काम गरेका हौ । अरू थाहा छैन ।”

कुल ५ करोड लगानीमा पुल निर्माण सम्पन्न भएको थियो । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्ट केही असमझदारी भए संवाद र वार्ताबाट निकास निकाल्नु पर्नेमा पुल नै अवरुद्ध गर्न नहुने बताउनुभयो ।  उहाँले भन्नुभयो,“छिना साँघु पुल पहिला नै निर्माण भएको हो । अवरुद्ध भएको सुनेपछि कसरी भयो,के कस्तो सहमति भएको थियो ? निर्माण पक्ष वा कार्यालयको जिम्मेवारी हो की ? यस विषयमा विस्तृति बुझ्दै छु । तर सडक पुल अवरुद्ध गरेर जनतालाई सास्ती दिनु उचित हैन ।”

नेपाली काँग्रेस,नेकपा एमाले,माओवादी लगायत सबै दलका जिम्मेवार नेताहरू बसेर गरिएको सहमति कार्यान्वयन नहुँदा स्थानीय सास्ती पाउनु परेको छ । यसको तत्काल निकास निकाल्नु पर्नेका नागरिक अगुवाको जोड छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button