नेपाललाई चौथो सफलता, गुलशनले लिए दुई विकेट
काठमाडौँ । नेपालले सिंगापुरविरुद्ध चौथो सफलता हासिल गरेको छ । टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिंग गरिरहेको सिंगापुरको चौथो विकेट पनि गुलशन झाले लिएका हुन् ।
गुलशनले एकै ओभरमा सिंगापुरका दुई विकेट लिएर नेपाललाई खेलमा फर्काएका छन् । यसअघि नेपलाका लागि सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्