तपाईँ सुन्दै हुनुहुन्छः

जमुनाहा नाका बुधवार राति ८ बजेसम्मका लागि बन्द

बाँके । नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एक दिनका लागि बन्द गरिएको छ ।

हिन्दु धर्मावलम्बीहरूले दसैँमा स्थापना गरेका दुर्गा मूर्तिहरू धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरूसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभएको हो ।

एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्न लगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधन बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button