मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी
काठमाडाैं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते हुनुभएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । आज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते उहाँलाई थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको हो ।
अहिले उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालले पाइलट सेढाईंको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको शनिबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अस्पतालका अनुसार उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै उहाँको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जनाएकाे छ ।
उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।
हेर्नुहाेस् अस्पतालकाे विज्ञप्ति :








प्रतिक्रिया राख्नुहोस्