तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युतका लागी पैसा बुझाएको दशकपछि बिजुली

पाल्पा। बिद्युतका लागि पैसा बुझाएको एक दशकपछि पाल्पाको निस्दी गाउँपालिकाको ज्यामिरे, बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको छ । ज्यामिरेको बतासा र सिन्दुरे गाउँमा बिगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका स्थानीयहरू पहिलो पटक बत्ती पुगेपछि खुशी भएका छन् ।

बिद्युतका लागि ज्यामिरेका स्थानीयले दश बर्ष अगाडी करिब २ लाख रुपैयाँ बुझाएको भएपनि दशकसम्म पनि बिजुली बाल्न नपाएपछि स्थानीय निराश बनेका थिए । ढिलै भएपनि गाउँमा बल्ल बिजुली बलेपछि स्थानीय अहिले उत्साहित भएका छन् ।

बिद्युत् बिस्तार भएपछि गाउँका ४५ घरपरिवारले सुविधा लिएका छन् । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । स्थानीय बासिन्दाको एकता भएमा विकासका काममा सफलता मिल्ने भन्दै आफूले सधैँ सकारात्मक सुझाबको अपेक्षा राखेको उहाँले बताउनुभयो ।

गाउँमा बिजुली बत्ती बलेपछि विद्यार्थीहरूलाई पढ्न,रेडियो सुन्न, टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने जनप्रिय माबिका प्रअ टेक बहादुर पल्लीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button