‘आत्मनिर्भर प्रदेश निर्माणमा निजी क्षेत्रको सहयोग आवश्यक’
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

उद्योग परिसंघ बागमती प्रदेशको साधारण सभा तथा दोस्रो अधिवेशनलाई शनिबार हेटौँडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश सरकार आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति लिएर अगाडी बढेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले प्रदेशमा उद्योग कलकारखाना स्थापना गरि आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति प्रदेश सरकारको रहेको बताउनुभयो । प्रदेश सरकारले उद्योगीको विषयमा छलफल गरेर अगाडी बढ्ने बताउँदै प्रदेशको क्षेत्रभित्रका कार्यहरूमा लगानी गरेको दाबी समेत गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई विशेष जोड दिएको भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर प्रदेश सरकारले व्यावसायिक कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।
मुख्यमन्त्री जम्मरकट्टेलले उद्योग कलकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै आफु नयाँ सोच लिएर आएको बताउँदै प्रदेश सरकारले डाक्टर र नर्स पढाई खुल्ला रुपमा गर्ने नीति निर्माण गर्न लागेको बताउनुभयो । उहाँले सिटिइभिटीमा १३ हजार विद्यार्थी उतीर्ण भएको तर १३ सय जनाले मात्र पढ्न सिट पाएको भन्दै डाक्टर र नर्स पढाई खुल्ला रुपमा गर्ने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्