तपाईँ सुन्दै हुनुहुन्छः

एसियन गेम : पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनल प्रवेश

काठमाडौँ । चीनको हाङझावमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तान पाकिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

पाकिस्तानले अफगानिस्तानलाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले १७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button