तपाईँ सुन्दै हुनुहुन्छः

आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएकाे छ ।

प्रधानमन्त्री दाहालले वीर अस्पताल पुगी अस्पतालमा उपचाररत नकेपा माओवादी केन्द्रका सचिव आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको हाे।

पार्टी कार्यक्रमका लागि अछाम पुग्नुभएका आचार्य बुधबार एकाएक बेहोस भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button