तपाईँ सुन्दै हुनुहुन्छः

खटाइएका प्रशासकीय अधिकृतहरूको एक महिना नपुग्दै सरुवा, बैतडीका सातपालिका प्रमुख प्रशासकीय विहीन 

बैतडी । बैतडीका ७ स्थानीयतहहरु प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् । गत भदौ ५गते सामान्य प्रशासन मन्त्रालयले बैतडीमा खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएपछि स्थानीयतहहरुमा कामकाज सञ्चालन गर्न असहज भएको छ । 

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका गाउँपालिकामा खटाएका उनीहरूको एक महिना नपुग्दै सरुवा भएको हो । 

यसरी बेलाबेलामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा स्थानीयतहका नियमित कामकाज प्रभावित हुने गरेका छन् । दशैँका मुखमा हाकिमको सरुवा हुँदा कर्मचारी तलब र अत्यावश्यक भुक्तानीमा समस्या भएको जनप्रतिनिधिहरूले बताएका छन् । 

हाल जिल्लाको पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा मात्रै प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्द भने गाउँपालिका हाजिर नहुँदै सरुवा भएको हो । 

नयाँ खटाइएका ५जना मध्ये दोगडाकेदार गाउँपालिका बाहेक सबै पालिकाका हाकिमहरूको एकै पटक सरुवा भएको छ । 

यसअघि २ नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत उपसचिवहरूको ३महिनामै सरुवा भएको थियो । 

दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेल र पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको गत महिना सरुवा भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button