कृतिम अभाव खडा गर्ने कालोवजारी गर्नेलाई कडा कारवाही गर्ने मन्त्रिपरिषद बैठको निर्णय
काठमाडौं। सरकारले चाडवाड लक्षित गरेर उच्च माग हुने खाध्य तथा गैह्र खाध्य वस्तु लगायतमा कृतिम अभाव गराउने अस्वभाविक मुल्य वृद्द्धी र कालोवजारी गर्ने जस्ता गतिविधि नगर्न नगराउन सम्पूर्ण उद्योगी व्यवसायीसंग आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कालोबजारी गर्नेहरु विरुद्द्ध हेलो सरकार तथा वाणिज्य विभागको ११३७ नम्वरमा सूचना दिन पनि सर्वसाधारणमा आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कृतिम अभाव खडा गर्ने कालोवजारी गर्नेहरुलाई कडा कारवाही गर्ने निर्णय गर्नुका साथै सुपथ मुल्यपसल तत्काल देशैभर सञ्चालन गर्न र अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने सम्बन्धमा नेपालको सार्भौमसत्ता, राष्ट्रिय अखण्डता, घृणा, द्वस फैलने राष्ट्रिय एकतामा प्रतिकुल असर पर्ने गरी कुनै काम कार्वाही नगर्न नगराउन हुन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
तत्काल यस सम्बन्धि निर्देशीका र ऐन वनाएर कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको पनि मन्त्री शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले विशेष अदालत सम्बन्धि नियमावली २०८० स्विकृत गरेको छ। त्यस्तै निर्माणजन्य सामाग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० संघीय संसदमा पेश गर्न स्विकृति प्रदान गरेको छ ।
सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संघीय संसदमा पेश गर्न स्विकृति दिने निर्णय पनि बैठकले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्