दाङमा राप्ती नदिमा युवाको शव फेला
दाङ। राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिन पछि फेला परेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार करिब दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता हुनु भएको थियो ।
ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका—१, जेठानगाउँको राप्ती नदीघाटमा बेपत्ता चौधरीको शव फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक चौधरी राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुल देखि ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर बेपत्ता हुनु भएको थियो । मृतक चौधरीको शव पोष्टमार्टमका लागि घोराही पठाइएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्