तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा । बाजुरामा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ बिछ्याकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएर मङ्गलवार बिहान बच्चा पाएकी कल्पनालाई अत्यधिक रक्तस्राव नरोकिएको र सालनाल नआएपछि  हेलिकप्टर मार्फत सुर्खेत प्रादेशिक अस्पतालमा  उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताउनुभयो ।

रक्तस्राव र सालनालको समस्या पछि  ज्यानै जान सक्ने अवस्था देखिएकाले हिमाली गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत  रोकायाको हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button