तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रकवि माधव घिमिरे पुरस्कार २०८० बाट प्राध्यापक डा. वासुदेव त्रिपाठी सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रकवि माधव घिमिरे पुरस्कार २०८० बाट प्राध्यापक डा. वासुदेव त्रिपाठीलाई सम्मानित गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मर्स्याङ्दी वाङमय प्रतिष्ठानले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले प्राध्यापक डा. वासुदेव त्रिपाठीलाई राष्ट्रकवि माधव घिमिरे पुरस्कार २०८० बाट सम्मानित गर्नुभएको हो । सो पुरस्कारको राशि नगद १ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार डाक्टर त्रिपाठीलाई पहिलो पटक प्रदान गरिएको हो ।

राष्ट्रकवि स्वर्गीय माधव घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले राष्ट्रकविको सम्झनामा सो पुरस्कारका लागि १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अक्षयकोषबाट आर्जित ब्याजले साहित्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एक जनालाई वर्षेनी यो पुरस्कार प्रदान गरिने मर्स्याङ्दी वाङमय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले बताउनुभयो । 

पुरस्कार वितरण समारोहमा प्राध्यापक डा. जयराज आचार्य, राष्ट्रकवि माधव घिमिरेका सुपुत्र राजीव घिमिरे र पुरस्कृत हुनुभएका प्राध्यापक डा. वासुदेव त्रिपाठी लगायतले राष्ट्रकविलाई देशभक्तिका अमर कविका रुपमा आफूहरूले पाएको बताउनुभयो । 

तस्वीर : सुमनचन्द्र रौनियार, सूचना विभाग

प्रतिक्रिया राख्नुहोस्

Back to top button