भन्सार लोडिङ्ग बन्द गर्ने ट्रक व्यवसायी महासङ्घको चेतावनी
दाङ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भारतीय ट्रकहरूको नेपालभित्र ढुवानी रोक्न तीन तहकै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

दाङको लमहीमा भएको प्रदेश स्तरीय बैठक भारतीय ट्रकहरूले नेपालभित्र कम दरमा लोड बोक्नु, क्षमता भन्दा बढी बोक्नुपर्ने जस्ता गतिविधि रोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताउनुभयो ।
अध्यक्ष पाण्डेले सरकारबाट निर्धारित भाडा कम्पनीहरूबाट प्राप्ति हुन नसक्नु, सबै क्षेत्रमा तौल पुलहरू सुचारु हुन नसक्नु जस्ता प्रमुख समस्याहरूले यातायात व्यावसायी मर्कामा परेको बताउनुभयो ।
बैठकबाट भन्सार क्षेत्रमा लोडिङ्ग बहिस्कार सम्मका कार्य गर्न सक्ने चेतावनी महासङ्घले दिएको छ ।
ट्रक व्यवसायी महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षता तथा केन्द्रिय महासङ्घका वरिष्ठ केन्द्रिय उपाध्यक्ष लोकराज पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्