तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको खानेपानीको श्रोत चापाकल

जनकपुरधाम । खानेपानीको मुख्य श्रोतको रुपमा रहेको चापाकल वा ट्युबवेलको सङ्ख्या देशमा नै सबैभन्दा बढी मधेश प्रदेशमा रहेका छन् । मधेशका जनताहरूको खानेपानीको मुख्य श्रोत नै चापाकल रहेको छ । 

मधेश प्रदेशका ८ जिल्लामा घर भित्र तथा घर वरपर रहेको खानेपानी पाइपबाट खानेपानी सेवन गर्ने घरपरिवारको सङ्ख्या ८ लाख ३० हजार २ सय १९ रहेको मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । 

त्यसमा पनि सबैभन्दा बढी चापाकलबाट खानेपानी सुविधा उपभोग गर्ने बारा जिल्लामा रहेको छ । बारा जिल्लामा ३० हजार ७० घर परिवारको खानेपानीको श्रोतको रुपमा नै चापाकल वा ट्युबवेलको उपभोग गरिरहेका छन् ।  

बारा जिल्लामा मात्र प्रदेशका कूल चापाकलबाट खानेपानी खानेको घरपरिवारको सङ्ख्या १६.०६९ प्रतिशत रहेको मधेश प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । सबैभन्दा कम चापाकल वा ट्युबवेल भएको जिल्लामा सप्तरी जिल्ला रहेको छ । 

सप्तरी जिल्लामा ४ हजार ६ सय ४५ रहेको छ । यसको प्रमुख कारणमा सप्तरी जिल्लामा चापाकलको सङ्ख्या कम हुनु नै रहेको छ । यसका साथै सप्तरीमा चापाकलको खानेपानीको स्वाद पनि फरक भएका कारणले नै कम रहेको आकलन गरिएको छ ।  

मधेश प्रदेशका जिल्लाहरूमा खानेपानीको मुख्य श्रोतको रुपमा चापाकल भएको र ती कल मध्ये धेरै कलहरू यस पटकको चर्को गर्मी खडेरीका कारणले सुकेपछि सर्वसाधारणहरू मारमा निक्कै त्रास सिर्जना भएका थिए । 

निक्कै ढिलो गरि वर्षा भएपछि साउनको अन्तिम सातामा आएर पुनः चापाकलहरुबाट खानेपानी आउन थालेपछि सर्वसाधारणलाई ठूलो राहत मिलेको छ । चापाकल सुक्दा सर्वसाधारणलाई खानेपानीको जोहो गर्नमा ठूलो समस्या उत्पन्न भएका थिए । 

यता कतिपय चापाकलहरुमा आर्सेनिक पनि भएको र आइरनको मात्रा अधिक भएका कारणले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ । केही वर्ष अगाडी चापाकलहरुको पानीको परीक्षण गर्ने काम भएपनि अहिले आएर बन्द अवस्था नै रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button