तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्न गएका युवक कनकाई नदीले बगाउँदा बेपत्ता

भद्रपुर, झापा । झापामा माछा मार्न गएका एक युवक कनकाई नदीले बगाउँदा बेपत्ता भएका छन् । झापा शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई नदीमा माछा मार्न जाँदा कनकाई नगरपालिका –४ त्रिवेणी टोल निवासी २३ वर्षीय सविन श्रेष्ठ बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रेष्ठ सोही ठाउँका भूपाल मगर, अमृत मगर, राम भुजेललगायतका साथीहरूसँग माछा मार्न गएका थिए । उनी डुबेको उनका साथीहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हिजो दिउँसोदेखि खोजी गर्दा नभेटिएको र आज बिहानदेखि पुनः खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आज बिहान विपद्को टोली खोजी कार्यका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button