कमला नदिमा एक जना युवकको शव भेटियो

लहान । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा आज एक जनाको शव फेला परेको छ ।
मिर्चैया नगपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय राजेश कापैरको शव सिरहाको बन्दिपुर ब्यारेक देखि दुईसय मिटर उत्तर कमला नदिमा मृत अवस्थामा भेटेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका कार्यालय प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
हिजो पूर्णिमाका दिन धार्मिक स्थल उत्तराहणीमा साथीहरूसँग कापैर कमला स्नान गर्न गएका थिए । के कारणले उनको मृत्यु भएको हो सोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्