ताराखोलामा स्याउखेतिको आकर्षण बढ्दै

बागलुङ । ताराखोला गाउँपालिका वडा न ५ ठुलो हिले कृषि तथा पशुपालन समूहले मपेस र ठुले हिलेमा १ सय ८० स्याउको बिरुवा रोपिएको छ ।
समुद्री सतह २ हजार देखी ३ हजार सम्मको उचाइमा उत्पादन राम्रो हुने भएकोले बिरुवा लाई ताराखोला मा लगाएको आर्थिक विकास शाखा प्रमुख चिन्तामणी शर्माले जानकारी दिनुभयो ।
ताराखोला गाउँपालिकाको आर्थिक विकास शाखाको समन्वयमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेश बाट स्याउका बिरुवा लिएको हो । एउटा बिरुवालाई १ हजार १ सय पर्ने भएपनि ७५ प्रतिशतको अनुदानमा २ सय ७५ का दरले १ सय ८० बिरुवा लिएको शर्माको भनाई छ ।
बिरुवा लगाएको २ देखी ३ वर्षमा फल लाग्ने र एक बिरुवा बाट २० देखी ३० केजी सम्म उत्पादन गर्न सकिन्छ । बागलुङ ताराखोला गाउँपालिका कृषकहरू अहिले स्याउखेतिमा आकर्षित बन्दै गएका छन् ।
हाइब्रीट प्रजातिको गोल्डेन ,गाला ,रोटा र पुजी प्रजातीको स्याउ लगाइएको वडा न ५ का अध्यक्ष मन बहादुर रोकाले जानकारी दिनुभयो । यी प्रजातिका बिरुवालाई सरसफाई गर्न, बगैँचामा विषादी व्यवस्थापन र कलमी गर्न सजिलो हुने भएकोले पनि यसको प्रयोग गर्न थालिएको अध्यक्ष रोकाले बताउनु भयो ।
विगतमा १४ रोपनी स्याउ खेती गरेको भएपनि यो वर्ष १ रोपनी मै ४ हजार देखी ५ हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा उच्च घनत्व भएको स्थानमा पनि विस्तार गर्ने योजना रहेको कृषि शाखा अधिकृत सन्दिप थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्