त्रिशूली नदीले बगाएर दुई जना बेपत्ता
चितवन । चितवनमा त्रिशूली नदीले बगाएर दुई जना बेपत्ता भएका छन् ।
त्रिशूलीले बगाउँदा भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोकका अर्जुन प्रधान र प्रवीण श्रेष्ठ बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ गाईघाट स्थित त्रिशूली नदी किनारमा उनीहरू आज पिकनिक खान गएका थिए । सो क्रममा साँढे ४ बजे उनीहरू त्रिशूली नदी किनारमा मुख धुन जाँदा बेपत्ता भएका हुन् ।
विपद व्यवस्थापन सहित प्रहरीको टोलीद्वारा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्