कोशी प्रदेश : ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री मण्डल विस्तार गर्नु भएको छ । उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा गयानन्द मण्डल गनगाईलाई नियुक्त गर्दै मुख्यमन्त्री थापाले मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रममा आयोजना गरी मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्रीको सपथ गराउनु भएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा राज्यमन्त्री मण्डलले सपथ ग्रहण गर्नु भएको थियो । गयानन्द कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य हुनुहुन्छ ।
कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण प्रदेश सभा बैठकको अध्यक्षता गर्ने विषयले महत्व राख्ने भएपछि जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिएको बताइएको छ ।
प्रदेश सभाको बैठकमा उपसभामुख अनुपस्थित भएमा अब एमालेका प्रदेश सभा सदस्यले जेष्ठ सदस्यको हैसियतले सभाध्यक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दलसंग ४७ जना र विपक्षमा ४६ जना प्रदेश सांसदहरु रहेका छन् ।
अब कोशी प्रदेशमा मुख्यमन्त्रीसहित ६ सदस्सीय मन्त्री मण्डल विस्तार भएको छ ।








प्रतिक्रिया राख्नुहोस्