तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व कप्तान मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् ।

ज्ञानेन्द्रले शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले शुक्रबारदेखि नै लागू हुने गरि सन्यास लिएका हुन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्यास लिएका छन् । घरेलु क्रिकेट पनि नखेल्ने जनाएका छन् । सन् २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले । नेपाली क्रिकेट इतिहासका एक सफल टेक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्ध शतकसहित ८ सय ७६ रन बनाएका छन् ।

उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्ध शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । ज्ञानेन्द्रले ४५ टि २० आइमा नेपालबाट १ शतक र २ अर्ध शतकसहित कुल ८ सय ८३ रन बनाएका थिए ।

नेपालबाट टि २० आइमा सर्वाधिक छिटो अर्ध शतक प्रहार गर्ने खेलाडी हुन् । उनले १३ औँ सागमा २०१९ मा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

पूर्व कप्तान पारस खड्काले सन्यासको लिएको दुई वर्ष अर्को दिन ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् ।

ज्ञानेन्द्रले १२ टि २० आइमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार बेहोर्न पुगेका थिए । १० ओडिआई खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार थियो ।

ज्ञानेन्द्र नेपाली क्रिकेटले पाएको एक उत्कृष्ट टेक्निकल ब्याटरको रुपमा चिनिन्छन् । नेपाली क्रिकेट इतिहासकै एक उत्कृष्ट ब्याटर समेत हुन् । २०१७ पछि ज्ञानेन्द्रको ब्याटिङ क्रम अस्थिर बनेको थियो । ज्ञानेन्द्रले नेपालबाट यु १९ विश्वकप २००६ र २००८ मा खेलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button