सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका नेता रघुजी पन्तले भन्नुभयो, “भरियाहरूलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ ।”
प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।








प्रतिक्रिया राख्नुहोस्