तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ । यसैगरी कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताउनुभयो । 

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जङ्गली लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्रै छाड्नु भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button