तपाईँ सुन्दै हुनुहुन्छः

कालीखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन 

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालीखोलामा पहिरो जाँदा सडक एकतर्फी सञ्चालन भएको छ । 

आज अपराह्न पौने २ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालीखोलामा माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सडक डिभिजन कार्यालय सँग प्रहरीले समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको छ । सो स्थान मुग्लिन बजारबाट ५ किलोमिटर नारायणगढ तर्फ पर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button