तपाईँ सुन्दै हुनुहुन्छः

राक्सीराङ्गका २४८ चेपाङ घरधुरीलाई खाद्यान्न वितरण

चितवन । मकवानपुर जिल्ला राक्सीराङ्ग गाउँपालिका ७ का २४८ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ ।

गैर सरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाइटीको समन्वयमा खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको हो ।

संस्थाको नियमित तालिका अनुसार सीमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको सोसाइटीका निर्देशक फादर विविन सि ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो वडामा रहेका २४८ घरधुरीलाई एक बोरा चामल, २ किलो दाल वितरण गर्नुका साथै चेपाङ समुदायका बालबालिकाहरूलाई फलफूल, अण्डा, बिस्कुट, चकलेट लगायतका पोषण तथा खाजा वितरण गरिएको थियो ।

सोसाइटीले आइतबार माडी बांँदरझुला २२० विपन्न तथा चेपाङ समुदायलाई खाद्यान्न तथा पोषण वितरण गरेको थियो ।

संस्थाले कोरोना कालमा मात्रै चितवन, नवलपरासी र मकवानपुरमा गरी एक करोड बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको निर्देशक विविनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button