सिन्धुपाल्चोक जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा किसन र राजन विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

चौतारास्थित कभर्ड हलमा ३ दिनदेखि जारी प्रतियोगितामा मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी प्रथम हुनुभयो छ । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुनुभएको हो ।
त्यस्तै महिला सिङ्गलतर्फ चौताराकी प्रजिना बस्नेतलाई हराउँदै बाह्रबिसेकी टासी डोल्मा शेर्पा प्रथम हुनुभयो ।
तीन विधामा भएको प्रतियोगिताको पुरुष भेट्रानतर्फ भने खाडीचौरका साजन न्यौपाने र राकेश थापाको जोडी प्रथम भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएका थिए ।
विजयी खेलाडीलाई पुरस्कार, मेडल, ट्रफी वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले खेलाडीहरूको उत्साहलाई जीवन्त राख्दै जिल्ला स्तरमा मात्र नभई राष्ट्रिय स्तरका खेलाडी बनाउनका लागि नगरपालिकाले यथासक्य सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्