तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलीको सामानसहित बोलेरो गाडी बरामद

बाँके । बाँके प्रहरीले २२ लाख बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले  सोमबार जानकी गाउँपालिका वडा नं‍. ३ स्थित नेपालगंज गुलरिया सडकखण्डबाट सो सामाग्रीहरू बरामद गरेको हो । 

प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २५ को कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडीमा लोड भएको अवस्थामा ३० डि.पि. स्विच ४५ डब्बा, ४० स्विच सकेट ३६० डब्बा, ५० स्विपर ब्राउजर २७ पिस लगायतका विभिन्न सामानहरू रहेको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरिएको सो सामानहरू आवश्यक प्रक्रिया पुरा गरि थप कारवाहीको लागी सवारी चालक र  बोलेरो गाडीसहित भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button