पोखराका दुई खेलाडी सम्मानित
पोखरा । चीनको होङझावमा हुने १९ औँ एसियन गेममा छनौट भएका पोखराका दुई जना खेलाडी अभिषेश बाँस्तोला र प्रदीप खड्का सम्मानित हुनुभएको छ ।
नेपालका नम्बर वान खेलाडी खड्का र नेपालको नम्बर दुइमा पर्न सफल खेलाडी बाँस्तोलालाई कास्की जिल्ला टेनिस सङ्घले एक समारोहबिच सम्मान गरेको हो ।

काठमाडौँमा सम्पन्न राइजिङ्ग स्टार टेनिसमा बाँस्तोला प्रथम तथा खड्का दोस्रो हुनुभएको थियो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई एकल तथा डबलमा गरी ३ स्वर्ण पदक दिलाउनुभएको थियो । पोखरामा जन्मिनुभएका बाँस्तोला स्पेन, अमेरिकामा टेनिस खेल्दै आउनुभएको उहाँ विश्व वरियतामा पर्न सफल नेपाली हुनुहुन्छ ।

यसैबिच, कास्की जिल्ला टेनिस सङ्घले उक्त अवसरमा विभिन्न प्रतियोगितामा पदक जित्न सफल पोखरेली टेनिस खेलाडीहरूलाई सम्मान गरेको छ ।
सिनियर खेलाडी बसन्त प्रधानदेखि जुनियर खेलाडी इभान भट्टराईलाई एउटै मञ्चमा सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा नेपाल टेनिस संघका उपाध्यक्ष समेत रहनुभएका टेनिस खेलाडी विनोद कायस्थदेखि संघ कास्कीका अध्यक्ष लोक गुरुङ रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्