औरही नगरपालिकाद्वारा ४० करोड ३३ लाख भन्दा बढीको बजेट सार्वजनिक

बर्दिबास । महोत्तरीको औरही नगरपालिकाले ४० करोड ३३ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको १२ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
नगरप्रमुख प्रदीपकुमार खड्काले संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिनुभयो ।
उहाँले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ३८ लाख, शिक्षा तथा खेलकुदतर्फ १३ करोड ८४ लाख ६० हजार, स्वास्थ्यतर्फ ३ करोड ६३ लाख, कृषि तथा पशुपक्षीतर्फ २ करोड ५५ लाख, ऊर्जातर्फ २२ लाख रुपैयाँ अनुमानित आय प्रस्तुत गर्नुभयो । यस्तै उद्योग तथा रोजगार प्रवर्द्धनतर्फ करोड ९ लाख, पञ्जीकरणतर्फ ९ लाख, पूर्वाधारतर्फ ७ करोड ५२ लाख ९९ हजार ५००, बस्ती विकास(दलित आवास कार्यक्रम)तर्फ २ करोड र खानेपानीतर्फ १ करोड रुपैयाँ गरी कूल ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख खड्काले जानकारी दिनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित नगरपालिकाको १२ औँ नगरसभाको उद्घाटन समारोहमा नगरप्रमुख खड्काले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाईजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्