तपाईँ सुन्दै हुनुहुन्छः

सीमान्तकृत समुदायका महिलाका मुद्दा मूल प्रवाहीकरण गर्न छलफल

काठमाडौँ । राष्ट्रिय महिला आयोगले सीमान्तकृत समुदायका महिलाहरूको सशक्तीकरणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगका  अध्यक्ष कमला पराजुलीले सीमान्तकृत समुदायका महिलाहरूलाई राज्यको समावेशी नीतिले समेट्न  नसकेको बताउनुभयो । 

उहाँले सीमान्तकृत समुदायका महिलालाई मूल प्रवाहमा ल्याउन सरकारलाई सिफारिस गर्न सरोकारवालाहरूसँग छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

अन्तरक्रियामा प्रतिनिधि सभाका सांसदहरु, राष्ट्रिय जनजाति आयोग, दलित आयोग, समावेशी आयोगलगायतका  आयोगका पदाधिकारीहरूले सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button