तपाईँ सुन्दै हुनुहुन्छः

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

मुम्बई । टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा र श्रष्टा एवम् सामाजिक अभियन्ता राजेन्द्रप्रसाद ओझा ‘नयन’सहित सात नेपालीले दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३ प्राप्त गर्नुभएकाे छ ।

एनटिभि न्युजमा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक ओझा र अनुसन्धानका साथै कविता लेखन तथा सामाजिक अभियानमा सक्रिय राजेन्द्रप्रसाद ओझासहित अभिनय, गायन, शृङ्गार कला, लगायतका विधा अन्तर्गत नेपालीहरू अवार्डबाट सम्मानित हुनुभएकाे हाे ।

दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्डको विदेशी विधा अन्तर्गत नेपालबाट वर्ष २०२३ का लागि विभूषित हुनेमा कलाकार नितु कोइराला, गायक विनोद ढकाल, ब्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहनुभएकाे छ ।

उक्त अवार्ड भारतका दिग्गज कलाकार, टेलिभिजन पत्रकार र अभियन्ताहरूलाई प्रदान गरिएको छ । जसमा २०२३ को संस्करण अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाइनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिषेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, टविन्कल वशिष्ठलगायत रहनुभएकाे छ ।

मुम्बईका एसिपी शशिकान्त मनेको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालको तर्फबाट नेपाल र भारतको झण्डाअंकित मायाको चिनो उपहार स्वरूप प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button