तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो ।

संसद अवरुद्ध गर्दै एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै जवाफ मागेको हाे । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने एमाले प्रमुख सचेतक पदम गिरीले बताउनुभयाे ।

गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनुभयाे ।

त्यस्तै रास्वपा र राप्रपाले संसद छलेर नागरिकता विधेयक प्रमाणीकरणको भन्दै विरोध गर्नुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button