राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मेलम्ची आयाेजनाबारे छलफल

काठमाडौं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको स्थलगत अनुगमनका तथ्यहरूका विषयमा छलफल गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनको प्रारम्भिक मस्यौदा प्रतिवेदनका विषय छलफल भएको हो ।
बैठकमा सांसदहरूले लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको र काठमाडौंका उपभोक्ताले मेलम्चीको पानी पाउनेमा शंका रहेको भन्दै विपत्तिपछि सरकारले यसको विकल्प खोज्न नसकेको बताउनुभयो ।
सांसदहरूले आयोजनाको खर्च बढिरहे पनि प्रतिफलप्रति आशावादी हुन सकिने अवस्था नदेखिएकाले यस विषयमा विज्ञ र सम्बन्धित निकायहरूलाई राखेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्यहरूले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्