तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणका कामहरू जतिसक्दो चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकास निर्माणका कामहरू जतिसक्दो चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । 

आज मन्त्रालयमा  पत्रकार सम्मेलन गरी मन्त्री ज्वालाले  विकासका उपलब्धिहरू जनताले छिट्टै नै उपभोग गर्न पाउन भन्नेमा सरकारले विशेष ध्यान दिएको जानकारी गराउनुभयो । 

हाल निर्माण भइरहेका विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्न सरकारले विभिन्न निकायसँग समन्वय गरिरहेको जानकारी गराउनुहुँदै उहाँले विकासमा कुनै पनि अवरोध मान्य नहुने स्पष्ट पार्नुभयो ।  

पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराउनुहुँदै भत्किएको पुलमुनि अनसन बस्नुभएका नेपाली काँग्रेसका सांसद संजय गौतमलाई अनसन तोड्न पनि आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button