तपाईँ सुन्दै हुनुहुन्छः

कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल हुने

पाल्पा । पाल्पाको तानसेनस्थित टुँडिखेल मैदानमा कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

यही ज्येष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रिय स्तरको कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । तानसेनको टुँडिखेल स्तरोन्नति भएपछि पहिलोपटक ठूलो प्रतियोगिता आयोजना हुन लागेको हो ।

पाल्पा फुटबल सङ्घले पत्रकार सम्मेलन गरी प्रतियोगितामा १६ टिमको सहभागिता रहने जनाएको छ । जसमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्जा, कास्की, चितवन र काठमाडौँ रहने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेन्डर, सर्वश्रेष्ठ खेलाडी तथा सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लामा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button