तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

सप्तरी । सप्तरीमा आज बिहान एक युवकको हत्या गरी फ्याँकिएको अवस्थामा शव फेला परेको छ । 

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी राजविराज खण्डको रुपनीमा शम्भुनाथ नगरपालिका २ बस्ने मो. लुकमानको २० वर्षीय छोरा मो. तफेजुलको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिवार बेलुका घरबाट निस्केका तफेजुल आइतबार बिहान अर्ध नग्न अवस्थामा रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा मृत फेला परेका हुन । 

घटनाबारे तालिम प्राप्त कुकुरको सहायताले सूक्ष्म अनुसन्धान सुरु गरिसकेको तथा अनुसन्धानपछि मात्रै कुनै कुरा यकिन गर्न सकिने सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो  ।

मृतकका आफन्तले भने हत्या गरिएको दाबी गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button