तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ। प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको हो ।

तीन शीर्ष नेताबीचको भेटमा बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button