तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न  दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यसमा सहभागी साना ठुला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । 

पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, “सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामु कुनै पनि हालतमा झुक्नु हुँदैन ।”

उहाँले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button