कमी कमजोरी समाधान गर्ने गरी काम गर्छु : मन्त्री लिम्बु
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका कमी कमजोरी समाधान गर्ने गरी काम गर्ने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बुले खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नु आफ्नो प्राथमिकता हुनेमा जोड दिनुभयो ।
बुधबार नियुक्त हुनुभएका खेलकुदमन्त्री लिम्बूले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथ लिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्