प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्छ : आईजीपी कुँवर
रुपन्देही । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज बुटवलमा इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने र सोही अनुसार आफूले काम गरिरहेको बत्ताउनुभयो ।
जनताको जीउधनको रक्षा र मानव अधिकारको संरक्षण गदै सर्वसाधारण नागरिकहरूको जनजीवनलाई सरल सहज र सुरक्षित बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उहाँले बत्ताउनुभयो । ‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्छ । त्यसका लागि प्रहरी संघगठन प्रतिबद्ध छ ।’– उहाँले भन्नुभयो ‘जनताको जीउधनको रक्षा र मानव अधिकारको संरक्षण गदै सर्वसाधारण नागरिकहरूको जनजीवनलाई सरल सहज र सुरक्षित गराउने दायित्व प्रहरीको हो । यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’
साथै महानिरीक्षक कुँवरले आमनगरिकको भरोसा र विश्वासिलो संघठन भएकाले सबैले महसुस गर्ने किसिमको वातावरण बनाउनका लागि व्यवहारमा रूपान्तरण गर्नु पर्ने बत्ताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलमा २ करोड ४१ लाखमा लागतमा कार्यालय भवन, नागरिक सहायता कक्ष, प्रहरी ब्यारेक, कार्यालय प्रमुख निवास र मेसको निर्माण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्