तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरमा आज मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गरिँदै

फाइल तस्वीर

जनकपुरधाम । सरकारले आज (आइतबार) मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गर्दैछ।

सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कार्यालय उद्घाटन गर्न लाग्कानुभएकाे हाे । त्यसका लागि गृहमन्त्री श्रेष्ठ बिहानै जनकपुर पुगिसक्नुभएकाे छ। 

सरकारले गएको चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। 

तीन सदस्यीय आयोगमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य हुनुहुन्छ। आयोगलाई मिटरब्याज पीडितका समस्या छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button