तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा मैथिली फुड फेस्टिभलको आयोजना

जनकपुरधाम । जानकी नवमीको अवसरमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजनामा जनकपुरधाममा सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल आयोजना गरिएको छ ।

जनकपुरधामको यात्री निवासमा आयोजित मैथिली फुड फेस्टिभलमा मिथिलाको प्रसिद्ध खानाका परिकारहरू अदौरी, तिलौरी, दूधपीठा, दालपीठा, कोदोको रोटी, तिलकोरको तरुवा, सकरौडी, महिआउर, अमोट, कडही, वडी, विभिन्न प्रकारको तरुवा सहितका ८८ प्रकारका परिकारहरूको प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतको धर्म, संस्कृति, कला तथा खानपान मिल्दो भएकाले यस्ता प्रकारको कार्यक्रमले दुवै देशको सम्बन्धलाई अझ बढी सुमधुर बनाउनमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा वीरगञ्जस्थित महावाणिज्य दूतावासका काउन्सिलर नीतिश कुमार, तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, चिकित्सक डा. विजय कुमार सिंह, स्वामी विवेकनन्द सांस्कृतिक केन्द्रका अधिकृत निरज भण्डारी सहितका वक्ताहरूले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button