गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै हुनुहुन्छ ।
नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः०० बजे पद तथा गोपनीयताका शपथ लिन लाग्नुभएको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँको पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्