तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको छ : मन्त्री शर्मा 

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताउनुभएको छ । 

दाङको बंगलाचूली आजबाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माणसहित खेलाडी उत्पादनका लागि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।

सो अवसरमा खेलाडीलाई खेल क्षेत्रबाट विश्वसामु नेपाललाई  चिनाउन भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउँदा प्राथमिकका आधारमा योजना बनाउन थालेको उल्लेख गर्नुभयो । 

उहाँले द्वन्द्व पीडितका मुद्दा टुङ्ग्याउन सरकारले सङ्क्रमणकालीन न्यायको माध्यमबाट छिटो हल गर्ने बताउनुभयो। मन्त्री शर्माले गणतन्त्रमाथि संसद्भित्र र बाहिर दुवै क्षेत्रबाट आक्रमण भइरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण जनता परिवर्तनको पक्षमा उभिन आवश्यक रहेको बताउनुभयो । 

प्रतियोगिताका क्रममा मन्त्री शर्माले खेलकुदका सामग्री खेलाडीलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button