तपाईँ सुन्दै हुनुहुन्छः

झरही खोलाबाट हुने क्षति नियन्त्रण र करिडोर निर्माणको कामलाई तीव्रता

नवलपरासी।वर्षौँदेखि डुबानको समस्या भोग्दै आएका जनतालाई पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीलाई बाढीबाट जोगाउन झरही खोला किनारमा तटबन्ध सहित करिडोर निर्माण कार्यलाई तीव्रता दिएको छ ।

हिउँदे नगर सभा बाट रु.एक करोड बजेट विनियोजन गरेको नगरपालिकाले झरही खोलाको बाढि नियन्त्रण र करिडोर निर्माणका लागी खोला सफाइ सहित करिडोरको बेस बनाउने कार्यलाई तीव्रता दिएको हो । जस्का लागी प्रदेश सरकारले समेत लगानी गर्ने बताइएको छ। रामग्राम -२ हाटबजार नजिक झरही खोला पुल देखि रामग्राम १ सहुवाटिकर सम्म करिडोर बन्ने नगरको योजना रहेको छ । यस वर्ष बाढीको प्रभाव बाट बचाउनु मुख्य उद्देश्य हो तर बहुवर्षिय योजनाको रुपमा नगरपालिकाले यसलाई अगाडी बढाउँछ नगर प्रमुख धनपत यादवले भन्नुभयो ।

दुई वर्ष अगाडी सदरमुकाम परासीमा झरही खोलाको बाढि पस्दा पुरै जलमग्न भएको थियो भने लाखाकैको क्षति भएको थियो । फेरि पनि त्यस्तै अवस्था नहोस् भनेर खोला नियन्त्रणलाई प्राथमिकता दिएको नगर प्रमुख यादवले बताउनुभयो । खोला पनि नियन्त्रण हुने र सौन्र्दयकरण पनि हुने भएकाले खोला किनारमा करिडोर पनि बनाउन लागिएको नगरप्रमुख यादवको भनाई छ ।

यसले सवारी चाप रहने परासी बजार क्षेत्रमा बिहान मर्निङ्ग वाक गर्नेहरूका लागी पनि सहज हुने नगर प्रमुख यादवले विश्वास व्यक्त गर्नुभयो ।”यो बहुबर्षिय योजना हो नगरको बजेटले मात्र सम्भव छैन त्यसैले बजेटका लागि प्रदेश सरकार सँग समन्वय भइरहेको छ”यादवले भन्नुभयो ।”अघिल्लो बर्ष परासी जलमग्न हुँदा यहाँका नगरवासी र आम व्यवसायीले ठूलो क्षति भोग्नु परेकाले यसले हामीलाई सधैँ झकझक्याई रहेको छ हामी यस्को न्यूनीकरणका लागि हर सम्भव प्रयत्नशील छौ”यादवले भन्नुभयो ।

प्रदेश सरकार मार्फत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सेमरीले पनि झरही खोलामा तटबन्ध निर्माणका लागी लगानी गर्ने जनाएको छ । त्यसका लागी यस अघिनै सो कार्यालयका प्रमुख टङ्क प्रसाद के सी सहितको टोलीले खोलाको निरीक्षण गर्दे प्रदेश सरकारले जिल्ला भर डुबान र कटान नियन्त्रणका लागी सक्दो प्रयास गर्ने बताउनुभयो ।

झरही खोलामा झन्डै तिन किलोमिटर लामो करिडोर निर्माण हुने छ । नगरपालिकाले खोला सफाइ करिडोर निर्माणका लागी सहज होस् भने आफ्नै खर्चमा एक्साभेटर मेसिन खरिद गरेर काम गरिरहेको छ । खोलामा सबै काम पुरा गर्न एकै पटक बजेट नपुग्ने भएकाले मितव्ययी रुपमा काम गर्न आफ्नै साधन खरिद गरेर काम सुरु गरिएको यादवले बताउनुभयो ।

सो मेसिनले अन्य खोलाको पनि सफाइको काम गर्ने भएकाले समग्र पालिकाका लागी उपयोगी हुने उहाँको भनाई छ । वर्षायाम नजिकिएकाले दैनिक रुपमा खोला सफाइ र करिडोरको लागी काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button