प्रतिनिधिसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका समसामयिक अवस्था बारे धारणा राख्नुभएको छ ।
बैठक सुरु हुनसाथ सांसद पदम गिरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाने कार्यक्रममा केही व्यक्तिहरूले ढुङ्गामुडा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरु गगनकुमार थापा र बिजुला कुमारी रायमाझीले हालै काठमाडौँको सरस्वतीनगरमा व्यवसायी निरा पाण्डे आचार्यको हत्या भएकोमा घटना संलग्न हत्यारा खोजी गरी सत्यतथ्य बाहिर ल्याउन र अपराधीलाई कठघरामा उभ्याउन सरकारसमक्ष माग गर्नुभयो ।
सांसद प्रभु शाहले देशका विभिन्न स्थानमा भएका आगलागीका घटना र असिनापानीले क्षति पुगेका पीडितहरूको राहतका लागि माग गर्नुभयो ।
शून्य समयमा सांसदहरुले नागरिकता समस्या समाधान, आफ्ना क्षेत्रका सडक, बाटोघाटो निर्माण, खानेपानी तथा सिँचाइको समस्या, विकास निर्माणमा भइरहेको अवरोधलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्नुहुने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्